‘एशिया प्यासिफिक ब्रोडकास्टिङ युनियन’ को सम्मेलन काठमाडौंमा शुरु

14/07/2011 10:36

३० असार, काठमाडौं । टेलिभिजनको विस्तार र गुणस्तरीय समाचार प्रसारणमा सहयोग पु¥याउने उद्देश्यले आजबाट ‘एशिया प्यासिफिक ब्रोडकास्टिङ युनियन’ को सम्मेलन काठमाडौंमा शुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री झलनाथ खनालले समाज र राष्ट्रको विकासका लागि संचार माध्यमको ठूलो योगदान हुने वताउनुभयो ।

उहाँले नेपालमा भएको राजनीतिक परिवर्तन पछि संचार माध्यमले ठूलो फड्को मारेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री खनालले शान्ति र संविधान निर्माण गरि सम्बृद्ध नेपाल बनाउन सरकार लागिपरेको भन्दै यस कार्यमा सघाउन आमसन्चारमाध्यमलाई आह्वान गर्नुभयो ।

कार्यक्रमका सहभागी वक्ताहरुले सम्मेलनले परम्परागत समाचार संप्रेशणको शैलीलाई विकसित गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गरेका थिए ।

सम्मेलनमा १९ देशका विभिन्न सन्चारमाध्यमका ३२ प्रतिनिधिहरु सहभागी छन् । कार्यक्रमको संयोजन नेपाल टेलिभिजनले गरेको हो ।

तपाईंको प्रतिकृया..!!

No comments found.

New comment