६७ जना प्रहरी अधिकृतहरुको सरुवा, चर्चित रमेश खरेल पर्सा पुगे

15/06/2011 02:04

१ असार, काठमाडौं । नेपाल प्रहरीका सत्सठ्ठी अधिकृतहरुको आज सरुवा भएको छ । गृह मन्त्रालयले दिएको एघार बुदे मापदण्डअनुसार प्रहरी मुख्यालयले प्रहरी अधिकृतहरुको सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालय नक्शालका अनुसार काठमाडौंमा रहँदा निकै ख्याति कमाएका रमेश प्रसाद खरेललाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट जिल्ला प्रहरी कार्यालय पर्सामा, धिरु बस्नेतलाई प्रहरी प्रतिष्ठान महाराजगन्जबाट जिप्रका कपिलबस्तुमा,  दिनेश अमात्यलाई महानगरीय प्रहरी प्रभाग महाशाखा काठमाडौंबाट बाँकेमा सरुवा गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका दिपक कुमार थापालाई अपराध महाशाखा काठमाडौंमा, भोग बहादुर थापालाई सप्तरीबाट ललितपुरमा र नारायण सिंह खड्कालाई क्षेत्रीय तालिम केन्द्र दिपायलबाट भक्तपुरमा झिकाइएको छ ।

यसैगरी बिक्रम सिंह थापालाई महानगरीय प्रहरी परिसर ललितपुरबाट दुई नम्बर मुख्यालय काठमाडौंमा र राजेन्द्र श्रेष्ठलाई भक्तपुरबाट केन्द्रीय प्रहरी विशेष कार्यदलमा सरुवा गरिएको प्रहरी मुख्यालयले जनाएको छ ।

यसैगरी पुस्कर कार्कीलाई पोखराबाट क्षेत्रीय तालिम केन्द्र विराटनगरमा, पुष्पचन्द्र रन्जितलाई चितवनबाट प्रहरी प्रधान कार्यालय आतंककारी नियन्त्रण महाशाखा काठमाडौंमा, पवन प्रसाद खरेललाई कन्चनपुरबाट प्रहरी प्रतिष्ठान महाराजगन्जमा र शरद चन्दलाई कपिलबस्तुबाट अन्चल प्रहरी कार्यालय बागमतीमा झिकाइएको छ ।

सोर्स: सोलिडारिटी खबर

तपाईंको प्रतिकृया..!!

No comments found.

New comment