१० हजार मधेसी युवालाई सेनामा भर्ति नगरे आन्दोलन : गच्छदार

13/06/2011 05:54

काठमाडौ, ३० जेठ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रधानमन्त्री झलनाथ खनालले राजिनामा दिए एक साता भित्र सहमतिको नयाँ सरकार बन्ने दावी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपाल चितवन शाखाले आज विहान आयोजना गरेको साक्षात्कारमा बोल्दै गच्छदारले राष्ट्रिय सहमतिको बाधक प्रधानमन्त्री नै रहेको आरोप लगाए । उनले भने–प्रधानमन्त्री खनालको राजिनामा नआएसम्म मुलुकको कुनै पनि समस्याको समाधान हुँदैन । सहमति पनि बन्न सक्दैन ।

पाँच बुँदे सहमति अनुसार तत्काल प्रधानमन्त्रीको राजिनामा नआए मधेसी मोर्चा चुप लागेर नबस्ने चेतावनी पनि उनले दिए । तीन दल मिलेर सहमतिको सरकार नबनाए मधेसवादी दलहरुले सहमतिको संयूक्त आफै बनाउने भन्दै मधेसवादीको नेतृत्वमा सहमति जुटने दावी पनि गरे ।

उनले शान्ति प्रक्रियालाई टुङ्गयाउन माओवादी ईमान्दार हुने हो भने माओवादीकै नेतृत्वमा पनि सहमतिको सरकार निर्माण गर्न आफूहरुलाई कुनै आपत्ति नहुने स्पष्ट पार्दै त्यस्तो अवस्थामा सहयोग आफूहरु तयार रहेको बताए । 

माओवादीका ६ हजार भन्दा बढी लडाकु समयोजन गर्न नसकिने स्पष्ट पार्दै गच्छदारले १० हजार मधेसी समूदायलाई नेपाली सेनामा समावेश गराउनै पर्ने दावी गरे । उनले भने–"सहमति अनुसार १० हजार मधेसीलाई सहभागी नगराउने हो भने हामि आन्दोलनमा जान्छौ ।"

सोर्स: सोलिडारिटी खबर

तपाईंको प्रतिकृया..!!

No comments found.

New comment