योगगुरु रामदेव अस्पताल भर्ना

11/06/2011 16:50

२८ जेठ, भारत । भ्रष्टाचार विरोधी कडा कानुन माग गर्दै अनसनमा बसेका योग गुरु रामदेवको स्वास्थ्य अबस्था खराव भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

रामदेवलाई देहरादुन अस्पतालको आईसीयू कक्षमा राखेर उपचार थालिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

१५ सदस्यीय चिकित्सकको टोली रामदेवको उपचारमा खटिएको भारतीय दैनिक टाइम्स अफ इण्डियाको अनलाइन संस्करणले जनाएको छ ।

चिकित्सकहरुले रामदेवको स्वास्थ्य खराव भएको भन्दै अस्पताल भर्ना गर्न सुझाव दिएका थिए । उहाँलाई एम्बुलेन्समार्फत् अस्पताल पु¥याइएको थियो । सुरक्षाका लागि देहरादुन अस्पताल बाहिर उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सोर्स: सोलिडारिटी खबर

तपाईंको प्रतिकृया..!!

No comments found.

New comment