मुम्बईमा बरिष्ठ पत्रकारको दिउँसै गोली हानी हत्या

11/06/2011 20:32

२९ जेठ, भारत । नेपाली संञ्चारकर्मी र संञ्चारसंस्थाहरुले प्रेस स्वतन्त्रताको माग गर्दै सडक आन्दोलनमा सक्रिय रहेको बेला दक्षिणी छिमेकी मुलुक भारतमा एकजना खोजमूलक समाचार लेख्ने बरिष्ठ पत्रकारको  शनिबार दिउँसो हत्या भएको  छ । भारतमा आपराधिक गतिविधि सञ्चालन गरिरहेको अण्डरवर्ल्ड बारेमा खोजमुलक समाचार लेख्ने वरिष्ठ पत्रकार ज्योती डे को दिन दाहाडै मुर्म्बईमा आज हत्या भएको छ । मुम्वाईबाट प्रकाशित हुने अंग्रेजी ट्यावलेट पत्रिका मीड डेका बिशेष अनुसन्धान सम्पादक रहेका ज्योतीको अपरिचित समुहले गोली हानी हत्या गरेको हो ।

दइ(2) मोटरसाइकलमा चढेर आएका चार जनाको समुहमा रहेका अपरिचित युवाहरुको समुहले उनलाई गोली प्रहार गरेको थियो ।

उनी हिरानन्दनी क्षेत्रको पोवइ तर्फमोटरसाइकलमा गैरहेका थिए । त्यही मौकामा पछाडी वाट दुइ मोटरसाइकलमा आएकाहरुले गोली प्रहार गरेका थिए ।

गोली लागी गम्भीर र्घाईते उनलाई तत्काल हिरानन्दनी अस्पतालमा पुर्‍याईएको थियो । तर उनलाई तत्काल मृत घोषणा गरिएको थियो ।

उनका अण्डरवर्ल्ड सम्वन्धी अनुसन्धानमा आधारित दुइटा पुस्तक प्रकाशित छन् । मिड डे का सम्पादक सचिन कालवगले उनको हत्या कस्ले गर्‍यो भन्ने अनुमान गर्ने अहिलै नै हतारो हुने वताए । उनलाइ अपराधको अनुसन्धानमूलक समाचारका लागी भारतमा गुरु मानिन्थ्यो ।

तपाईंको प्रतिकृया..!!

No comments found.

New comment