मनाङ उपाधि होडमा कायमै

17/06/2011 23:53

४ असार, काठमाडौं । मनाङ मस्र्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि होड कायमै राखेको छ ।

सशस्त्र प्रहरीको हल्चोक मैदानमा शनिबार भएको खेलमा रानीपोखरी र्कनर टिम आरसीटीलाई ४–० ले हराउँदै मनाङले पहिलो स्थानको नेपाल पुलिस क्लबसँगको अंक दुरी छोट्याएको छ ।

पहिलो स्थानको पुलिसको १२ खेलबाट ३२ अंक छ भने समान खेल खेलेको मनाङको ३१ अंक भयो । मनाङलाई जिताउन निराजन खड्काले २ तथा विजय गुरुङ र सुजल श्रेष्ठले १–१ गोल गरे ।

शनिबार नै भएको अर्को खेलमा युनाइटेड युथ क्लब र कोइलापानी पोलस्टार क्लबले भने बराबरी खेल्दै अंक बाँडेका छन् । कोइलापानीका जाग्बु सेर्पाले ८२ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै टिमलाई अग्रता दिलाए पनि युनाइटेडका विदेशी खेलाडी स्यामुअलले इन्जुरी समयमा बराबरी गोल फर्काए ।

बराबरीपछि १२ खेलमा २ अंक बटुलेको युनाइटेड पुछारमा र समान खेलमा ३ अंक बटुलेको कोइलापानी पुछारबाट दोश्रो स्थानमा कायम छ ।

तपाईंको प्रतिकृया..!!

No comments found.

New comment