बागलुङ पर्वतको सिमानामा लागु औषधी सहित एक पक्राउ
बागलुङ जेठ २६/ भारतको सुनौलीबाट बागलुङ छिराउन लागिएको लागु औषधी सहित प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । बागलुङ जिल्लाको तित्याङ गाविस वडा नं. २ का राजिन खड्कालाई लागु औषधी सहित बागलुङ पर्वतको सिमाना मालढुङ्गाबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बागलुङले आज बागलुङमा पत्रकार सम्मेलनको आयोजना गरी लागु औषध डाइजिपान ६०, नोफिन ६०, एमबुट ६० एमफुल र मिट्राजिपम ३६ सहित खड्कालाई र्सार्वजनिक गरेको हो । खड्कासँगै पर्वतको सहस्रधाराबाट उनलाई लिफ्ट दिने पर्वत शिवालय ४ कुश्माका राजन कुँवर सहित ध १ प ६५१ नम्बरको मोटरसाइकललाई समेत नियन्त्रणमा लिएको छ । नियन्त्रमा लिइएका कुँवरले सहस्रधारामा बाटो छेकेर लिफ्ट मागेपछि आफूले बागलुङ बजारसम्मका लागि चढाएको स्वीकार्नुभयो । खडकाले सुनौलीबजारमा ९ हजार ५ सय रुपैयामा सो लागु औषधी किनेको स्वीकारेका छन् । ‘मैले घरको सुनको सिक्री बागलुङ बजारकै अन्नपर्ूण्ा सुनचाँदी पसलमा अडना राखेर पैसा निकालेर सुनौली गएको हुँ ।’ उनले भने- ‘सुनौलीबाट पटक पटक गाडी परिवर्तन गर्दै पर्वतको सहस्रधारासम्म आइपुग्दा गाडी बिग्रिएपछि कुँवरको मोटरसाइकलमा लिफ्ट मागेको हुँ ।’ प्रहरीले मालढुङ्गामा चेकिङ भइरहेको समयमा डराइरहेकाले आशंकामा झोला चेकिङ गर्दा लागु औषध भेटाएको जनाएको छ । खड्कालाई लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार मुद्दा चलाएर कारवाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक उमाप्रसाद चतुरवेदीले बताउनुभयो ।
Tags:
तपाईंको प्रतिकृया..!!
No comments found.