पुर्वराजा विरेन्द्रको नाममा भेटिएको सम्पत्ति कति ?

11/06/2011 16:58

२८ जेठ, काठमाडौं । पूर्व राजा विरेन्द्र र उहाँको परिवारको नाममा रहेको सम्पती खोज्न गठित नेपाल ट्रष्टले अनुमान गरेभन्दा निकै कम मात्र सम्पती फेला पारेको छ ।

राज्य व्यवस्था समितिको बैठकमा ट्रष्टकी सचिव बृन्दा हाडाले हालसम्म ५ हजार ६४ रोपनी जग्गा र ४३ हजार पाउण्ड तथा नेपाल बैकमा ७ हजार रुपैया मात्र फेला पारिएको जानकारी दिनुभयो ।

ट्रष्टले विदेशमा राखिएको भनेको रकम पत्ता नलागेको पनि बताएको छ । दश बर्ष अघि राजा विरेन्द्रको सपरिवारको हत्या भएपछि उहाँको सम्पतीलाई ट्रष्ट बनाएर सामाजिक काम गर्ने निर्णय भएको थियो ।

जग्गा सार्वजनिक हितमा प्रयोग गर्ने भनिए पनि नीजि रुपमा प्रयोग हुँदै आएको र ट्रष्ट मातहतमा ल्याउने प्रयास जारी राखिएको सचिव हाडाले जानकारी दिनुभयो ।

बैठकमा सभासदहरुले विरेन्द्रको हत्या पछि राजा बनेका पुर्व राजा ज्ञानेन्द्रले आफु राजा भएको बेला दाजुको सम्पती आफ्नो नाममा सारेको हुन सक्ने भन्दै छानविनको माग गरेका थिए ।

बैठकमा ट्रष्टका अध्यक्ष गृह मन्त्री कृष्णबहादुर महराले सभासदहरुको जस्तै जिज्ञासा आफुलाई पनि भएको बताउँदै खोजविनको दायरा फराकिलो पारिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले अहिले पनि ट्रष्टको सम्पतीमा भ्रष्टाचारिको आँखा परिरहेकोले सरकार सजग रहेको उल्लेख गर्नुभयो ।

सोर्स: सोलिडारिटी खबर

तपाईंको प्रतिकृया..!!

No comments found.

New comment