नेपाल आजबाट बारुदी सुरुङ मुक्त घोषित, शान्ति प्रकृयाको महत्वपुर्ण उपलब्धि भएको प्रमको भनाई

14/06/2011 11:42

३१ जेठ, काठमाडौं । आजदेखि नेपाललाई औपचारिक रुपमा बारुदी धराप मुक्त मुलुक घोषणा गरिएको छ । फुलचोकीमा रहेको अन्तिम बारुदी धरापलाई सेनाले नष्ट गरेपछि प्रधानमन्त्री झलनाथ खनालले नेपाल बारुदी मुक्त क्षेत्र घोषणा गर्नुभएको हो ।

सो अवसरमा प्रधानमन्त्री खनालले बारुदी धराप मुक्त घोषणा गर्नु नेपालको शान्ति प्रक्रियाको महत्वपूर्र्ण उपलब्धी भएको धारणा राख्नुभयो । नेपाली सेनाले जनयुद्धका क्रममा सुरक्षाका लागि देशभरका सैनिक इलाका वरपरका स्थानमा बिछ्याइएका ५३ स्थानमा रहेका २ सय ५७ बारुदी धराप अन्त्यको  अभियान चलाईएर नष्ट पारेको हो ।

१० बर्षे जनयुद्धका बेला नेपाली सेनाले आफ्नो सुरक्षाका लागि भन्दै महत्वपूर्ण संरचनाका साथै संबेदनशील ब्यारेकहरुमा बारुदी धराप बिछ्याएको थियो । बारुदी धरापहरु शान्ति प्रक्रिया सुरु भएदेखि हटाउन सुरु गरेपनि लामो प्रयास पछि  नेपाली सेनाले सो काम पूरा गरेको हो ।

यसैबीच प्रधानमन्त्री झलनाथ खनालले विस्तृत शान्ति सम्झौतामा उल्लेखित बाँकी कामलाई पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

शान्ति प्रक्रियाको महत्वपूर्ण काम गर्न सरकारले आफ्नो ध्यान केन्द्रीत गरेको भन्दै प्रधानमन्त्री खनालले मुलुक शान्ति प्रक्रियाको सुखद परिणाम तर्फ उन्मुख भएको दावी गर्नुभयो ।

यसैविच बेलायत सरकारले नेपाल बारुदी सुरुङ मुक्त देश बनेका खुसी व्यक्त गरेको छ । नेपालको यस अभियानमा बेलायतले करिव ५८ करोडरुपैयाँ सहयोग गरेको थियो । बेलायती दूतावासले जारी गरेको बिज्ञप्तिमा बेलायती बिदेशमन्त्री जेरिमी ब्राउन, डी एफ आइडी मन्त्री एलेन डङ्कन र रक्षा मन्त्री अन्डु रोवदनले घोषणाको स्वागत गर्दै बधाइ दिएको जनाएको छ ।

वेलायतले नेपालको यो कार्य उल्लेख्नीय भएको बताउँदै सफलताप्राप्तिमा बधाइ दिदै यस कार्यमा  संलग्न साहसीहरुलाई धन्यवाद दिएको छ  ।

विदेशमन्त्री जेरिमले नेपाली भूमी र यहाँको जनताको जीवनमा यस प्रकारको त्रासद हतियारलाई कहिल्यै प्रयोग नगर्नका लागि यो सफलतालाई ओटावा महासन्धीमा प्रवेश गर्ने अवसरको रुपमा लिनको लागि आह्वान गर्नु भएको छ । डीएफआइडी मन्त्री एलनले यसलाई बेलायती सहयोगको राम्रो सदुपयोगका रुपमा टिप्पणी गर्नु भएको छ ।

रक्षामन्त्री रोवदनले भने नेपालले पाएको यो सफलता शान्ति प्रकृयामा रहेका अन्य मुलुकहरुको लागि राम्रो उदाहरण बनेको वताउनु भएको  छ ।

सोर्स: सोलिडारिटी खबर

तपाईंको प्रतिकृया..!!

No comments found.

New comment