www.vidfootie.com/soccer
को बढी जाँदा रहेछन् डान्स पार्टीमा ? खर्च कति हुन्छ ?

मुलुकका विभिन्न सहरमध्ये राजधानी काठमाडौंमै बढी डान्स पार्टी हुने गरेका छन्। डान्सपार्टीर्प्रति नेपाली मन लहसिएको धेरै भएको छैन। थकित मन बहलाउन र रमाइलो गर्न मानिसहरू डान्सपार्टी पुग्छन्। सामान्यतः यस्ता डान्सपार्टीर्मा टिनएजर्सको सहभागिता हुन्छ भनिन्छ, तर भर्खरै तयार पारिएको एउटा अनुसन्धान-प्रतिवेदनले काठमाडौंका डान्सपार्टीर्मा रमाउनेमा किशोरहरूभन्दा अरू नै बढी हुने देखाएको छ। यस्ता पार्टीर्मा किशोरपुस्ताको तुलनामा युवा र प्रौढको सहभागिता बढी हुन्छ। धेरैको ठम्याइ थियो डान्सपार्टीमा किशोर पुस्ताको भीड होला, तर उक्त कुरा गलत सावित भएको छ।
तीनवटा उमेर समूहलाई आधार बनाएर विभिन्न पार्टीर्मा गरिएको सर्वेक्षणअनुसार डान्स पार्टीमा ३० वर्षभन्दा माथिका र २० देखि ३० वर्षका युवाको बराबर सहभागिता देखिन्छ। उनीहरूको समान ४५ प्रतिशत सहभागिता रहेको पाइयो भने १६ देखि २० वर्ष उमेरकाहरूको सहभागिता १० प्रतिशत मात्र देखियो, अर्थात् डान्सपार्टीमा टिन एजर्सभन्दा पनि २० वर्षदेखि माथिकाको सहभागिता उच्च देखिन्छ।
३० वर्षभन्दा माथिका महिलाभन्दा पुरुषको सहभागिता बढी छ। लिंगका आधार गरिएको सर्वेक्षणले २० देखि ३० वर्षका महिलाहरूको सहभागिता पुरुषको तुलनामा १० प्रतिशत कम देखाएको छ। पार्टीर्मा किशोरहरूको तुलनामा किशोरीहरूको सहभागिता ५ प्रतिशत मात्र कम देखिएको छ।
पार्टी उपभोक्ता
पार्टीर्मा मुख्यतः राम्रो आम्दानी हुनेहरूको सहभागिता हुन्छ, जसले खर्च गर्न र पार्टीको मज्जा लिन सक्छन्। खासगरी डान्सपार्टीका ग्राहक भारतीय पर्यटकहरू हुन्छन्। त्यसबाहेक अन्य मुलुकका पर्यटकको पनि सहभागिता पाइन्छ। तिब्बती मूलका नागरिक नेपाली व्यापारी, व्यवसायीहरूका साथै एनआरएन पनि डान्सपार्टीर्का विशेष ग्राहक हुन्।
एनआरएनमा लाहुरे समुदाय, हङकङ, बेलायत, अमेरिका, सिंगापुर, थाइल्यान्ड, अस्ट्रेलिया आदि मुलुकका नेपालीहरू, विदेश अध्ययन गर्ने नेपाली विद्यार्थी आदि पर्छन्। यसबाहेक डान्सपार्टीमा नेपाली सेलीब्रिटी र भीआईपीहरूको पनि सहभागिता पाइएको छ। बढी उपस्थिति उमेर समूहअनुसार पर्यटक ५०, व्यापारी ४० र एनआरएन (विदेशमा बस्ने नेपाली) १० प्रतिशत छ। दोस्रो उमेर समूहमा विद्यार्थी ३५, रिलेटिभ ५० र एनआरएन १५ प्रतिशत विद्यार्थी छ।
खर्च कति हुन्छ ?
'क' वर्गमा अर्थात् ३० वर्षमाथिका उमेर समूहले एउटा पार्टीमा प्रतिव्यक्ति प्रतिपार्टी औसत ६ हजार रुपैयाँ खर्च गर्छन् जुन प्रौढहरूको समूह हो। उनीहरूको आम्दानी पनि राम्रै हुने गरेको छ। 'ख' वर्गमा रहेकाले प्रतिव्यक्ति ३ हजार ५ सय रुपैयाँ खर्च गर्छन् भने उनीहरूमा व्यापारी व्यवसायी बढी हुन्छन्। ग वर्गमा रहेका विद्यार्थीलगायत अन्य युवाले प्रतिव्यक्ति १ हजार रुपैयाँ खर्च गर्ने तथ्यांकले देखाएको छ।