hi !! i love my myagdi,parbat,& baglung district my all sister or brother .because this time rely i am very very happy kina ki yes patak ko slc examnation maa mero payaro vhai vainee haru ramro sanga safalta hunu vayeko maa m yesari pardesmaa rahe pani mero tarfa dekhi badhai dinu chhanchhu mero tarfa dekhi la. ani aagami aaune time maa pani yesari nai safal hunechhan yehi suvha kamana dinu chhanchhu. uhi prdesi daaju. ganesh phagami pun myagdi & banskharka parbat ward no four sisnara .now doha qatar. ccic new doha international airpor .
एसएलसी परीक्षा : बागलुङ, म्याग्दी र पर्वत जिल्लाको नतिजा सन्तोषजनक
बागलुङ जिल्लाका कुन बिद्यालयबाट कुन श्रेणीमा कति उत्तीर्ण भए ?
भाषा शर्मा, बागलुङ असार ७ । सोमबार प्रकाशित एसएलसी परीक्षाको नतिजा अनुसार यस वर्ष धौलागिरी अन्चलका बागलुङ, म्याग्दी र पर्वत जिल्लाहरुको नतिजा सन्तोषजनक रहेको छ । प्रकाशित नतिजा अनुसार म्याग्दी जिल्लामा सबैभन्दा बढी ८० प्रतिशत, बागलुङबाट तकरिवन ६३ प्रतिशत र पर्वतबाट ६१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस पटकको नतिजाले नीजी बिद्यालयहरुमात्र नभएर सरकारी बिद्यालयहरुको उत्तीर्ण प्रतिशतपनि उल्लेखनीय रहेको देखाएको छ । मुस्ताङ जिल्लाको विवरण भने प्राप्त भएको छैन ।
बागलुङ जिल्लाबाट ५ हजार ६३ जनाले परीक्षा दिएकोमा विशिष्ठ श्रेणीमा ८६ जना प्रथम श्रेणीमा ८ सय ८६ जना द्वितीय श्रेणीमा २ हजार १ सय १७ जना र तॆस्रो श्रेणीमा ८९ जना विद्यार्थी उत्तीर्ण भएका छन् । बागलुङ जिल्लाबाट २०६७ सालको एसएलसी परीक्षामा सार्वजनिक विद्यालयले राम्रो नतिजा प्राप्त गर्न सफल भएका छन् ।
सार्वजनिक विद्यालयतर्फ धारा उच्च मावि तंग्राम जनपि्रय मावि दमेक र धिमिकरिना मावि पालाबाट शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । प्रकाशित नतिजा अनुसार धारा उच्च मावि तंग्रामबाट ४३ जनाले परीक्षा दिएकोमा प्रथम श्रेणीमा १७ जना दोस्रोमा २५ र तेस्रो श्रेणीमा १ जना उत्तीर्ण भएका छन् ।
यसैगरी जनपि्रय मावि दमेक बाट ३९ जनाले परीक्षा दिएकोमा एक जना बिशिष्ट श्रेणी २७ जना प्रथम श्रेणी र ११ जना द्धितिय श्रेणीमा उत्तीर्ण भएका छन् । पालास्थित धिमिकरिना माविबाट परीक्षा दिएका ३५ मध्ये ५ जना प्रथम र ३० जना द्वितिय श्रेणीमा उत्तीर्ण भएका छन् ।
यस पटकको एसएलसी परीक्षामा बागलुङमा खुल्लातर्फबाट परीक्षा दिएका ४७ जना मध्ये ३७ जना द्वितीय श्रेणीमा र ४ जना तेस्रो श्रेणीमा गरी जम्मा ४१ जना उत्तीर्ण भएका छन् । खुल्ला तर्फबाट ८८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
यस्तै बागलुङकै पुरानो विद्यामन्दिर उच्च माविबाट परीक्षा दिएका ८० जना मध्ये १९ जना प्रथम श्रेणीमा ४८ जना द्वितीय श्रेणी र २ जना तेस्रो श्रॆणीमा गरी ६९ जना विद्यार्थी उत्तीर्ण भएको विद्यालयले जनाएको छ।
यस्तै भीमसेन उच्च मावि बिहु बागलुङबाट परीक्षा दिएका १ सय ३८ जना परीक्षार्थी मध्ये २ जना विशिष्ठ श्रेणीमा उत्तीर्ण भएका छन् । कृष्णप्रसाद कंडेल र कृष्णप्रसाद शर्मा विशिष्ठ श्रेणीमा उत्तीर्ण भएका हुन् । प्रथम श्रेणीमा २६ र द्वितिय श्रेणीमा ६१ जना विद्यार्थी उत्तीर्ण भएको विद्यालयले जनाएको छ ।
भीमसेन उच्च माविबाट विशिष्ठ श्रेणीमा उत्तीर्ण हुने विद्यार्थी कृष्णप्रसाद कंडेलले ८३ दशमलव २५ प्रतिशत ६६६ र कृष्णप्रसाद शर्माले ८१ दशमलव ८५ प्रतिशत ६५५ अंक ल्याएका छन् ।
जनता मावि पाही राङखानीबाट २७ जना सहभागी मध्ये १ जना विशिष्ठ ९ जना प्रथम र १५ जना द्वितिय श्रेणीमा उत्तीर्ण भएका छन् ।
नारायणस्थानस्थित गणेश माविमा परीक्षा दिएका ४३ मध्ये १ जना विशिष्ठ ३८ जना प्रथम र ३ जना द्वितिय श्रेणीमा उत्तीर्ण भएको विद्यालयले जनाएको छ । विशिष्ठ श्रेणीमा उत्तीर्ण हुने अभिमन्यु सुवेदीले ८२ प्रतिशत अंक ल्याएको विद्यालयले जनाएको छ । सोही गाविसस्थित जनताधन उच्च माविबाट ६१ जनाले परीक्षा दिएका मध्ये ६ जनाप्रथम २२ जना द्वितिय र २ जना तृतिय श्रेणीमा उत्तीर्ण भएका छन् ।
यस्तै पैयुपाटास्थित त्रिभुवन उच्च माविबाट परीक्षा दिएका ९७ जना मध्ये विशिष्ठ एक जना प्रथममा २४ र द्वितीयमा ६१ जना उत्तीर्ण भएका छन् । विशिष्ठ श्रेणीमा उत्तीर्ण हुने जानकी परियारले ८१ दशमलव ८७ प्रतिशत अंक ल्याएको विद्यालयले जनाएको छ ।
पैयुपाटा गाविसस्थित जनमत माविबाट २९ जना परीक्षामा सहभागी भएका मध्ये १५ जना प्रथम श्रेणी र ११ जना द्वितीय श्रेणीमा उत्तीर्ण भएका छन् । अमलाचौरस्थित पृथ्वी उच्च माविबाट ७६ जनाले परीक्षा दिएका मध्ये ७ जना प्रथम २४ जना द्वितिय र ३ जना तृतिय श्रेणीमा उत्तीर्ण भएका छन्। भकुण्डेस्थित भैरव उच्च माविबाट ५३ जनाले परीक्षा दिएकोमा ४ जना प्रथम ४१ जना द्वितिय र ३ जना तृतिय श्रेणीमा उत्तीर्ण भएका छन्।
यस्तै बागलुङ नगरपालिका-१० स्थित कुडुले उच्च माविबाट ४४ जनाले परीक्षा दिएकोमा ८ जना प्रथम श्रेणीमा र १ जना द्वितिय श्रेणीमा उत्तीर्ण भएका छन् । रेश नुन्थला उच्च माविबाट ६१ जना विद्यार्थीले परीक्षा दिएका मध्ये ३ जना प्रथम श्रेणीमा २५ जना द्वितिय श्रेणी र १ जना तृतिय श्रेणीमा उत्तीर्ण भएका छन् । तंग्रामस्थित यस्तै सोही गाविसस्थित नारायणी उच्च माविबाट परीक्षा दिएका ४५ जना मध्ये १३ प्रथम र २९ जना द्वितीय श्रेणीमा उत्तीर्ण भएका छन् । जनकल्याण उच्च मावि भीमापोखराबाट परीक्षा दिएका ६८ मध्ये १४ जना प्रथम श्रेणीमा र ५२ जना द्वितिय श्रेणीमा उत्तीर्ण भएका छन् । महेन्द्र मावि सुखौराबाट परीक्षामा सहभागी भएका ३२ जना मध्ये ४ जना प्रथम श्रेणीमा २५ जना द्वितिय र १ जना तृतिय श्रेणीमा उत्तीर्ण भएका छन् ।
सल्यान सुखौरा मावि सल्यानबाट परीक्षा दिएका ३६ जना मध्ये ३ जना प्रथम र २१ जना द्वितिय श्रेणीमा उत्तीर्ण भएका छन् । शारदा उच्च मावि बाटाकाचौरबाट ४८ जनाले परीक्षा दिएकोमा १० जना प्रथम र १८ जना द्वितिय श्रेणीमा उत्तीर्ण भएका छन् ।जनप्रेम उच्च मावि अमरभूमिबाट ३१ जनाले परीक्षा दिएकोमा १३ जना प्रथम र १७ जना द्वितिय श्रेणीमा उत्तीर्ण भएका छन् ।यस्तै लहरेपीपल मावि बागलुङ नगरपालिकाका ३० जना परीक्षार्थी मध्ये ८ जना प्रथम र १७ जना द्वितिय श्रेणीमा उत्तीर्ण भएका छन् ।
यस्तै नेपाल मावि ताराका ८४ जना परीक्षार्थी मध्ये १४ जना प्रथम र ६५ जना द्वितिय श्रेणी र १ जना तृतिय श्रेणीमा उत्तीर्ण भएका छन् ।अर्गल माविका ४९ जना परीक्षार्थी मध्ये ११ जना प्रथम र २८ जना द्वितिय श्रेणीमा उत्तीर्ण भएका छन् ।हरि मावि हिलका ५२ जना परीक्षार्थी मध्ये १४ जना प्रथम र ३८ जना द्वितिय श्रेणीमा उत्तीर्ण भएका छन् । अमर उच्च मावि बिहुबाट परीक्षा दिएका १ सय ४६ जना मध्ये १७ जना प्रथम ८१ जना द्वितिय र १ जना तृतिय श्रेणीमा उत्तीर्ण भएका छन् । लक्ष्मी उच्च मावि धम्जाका ६४ विद्यार्थी मध्ये १६ जना प्रथम श्रेणीमा ४५ जना द्वितिय श्रेणीमा र २ जना तृतिय श्रेणीमा उत्तीर्ण भएका छन् । यसैबीच एसएलसी परिक्षामा यस वर्ष पर्वतवाट ६० दशमलव ८५ प्रतिशत उत्तिर्ण भएका छन् ।
निजी विद्यालयतर्फ अमृत आदर्श उच्च माविबाट १५ जना कालीगण्डकी उच्च माविबाट ११ जना फ्युचर ब्राइटर उच्च माविबाट ७ जना अमर आदर्श आवासीय माविबाट ७ जना चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलबाट ६ जना न्यू ओयसिस एकेडेमीबाट ५ जना आदर्श विद्यामन्दिर उच्च माविबाट ४ जना न्यू एभरेष्ट बोर्डिङ स्कुलबाट ४ जना सनराइज बोर्डिङ स्कुलका ४ जना युएस एकेडेमीबाट ३ जना र होलीचाइल्ड बोर्डिङ स्कुलबाट १ जना विशिष्ठ श्रेणीमा उत्तीर्ण भएका छन् ।
यसैगरी निजी विद्यालयतर्फ अमृत आदर्श उच्च माविबाट परीक्षा दिएका ४६ जना विद्यार्थी मध्ये १५ जना विशिष्ठ श्रॆणीमा ३० जना प्रथम श्रेणीमा र १ जना द्वितिय श्रेणीमा उत्तीर्ण भएका छन् ।
कालीगण्डकी उच्च माविबाट २८ जना विद्यार्थी मध्ये ११ जना विशिष्ठ श्रॆणीमा १६ जना प्रथम श्रेणीमा र १ जना द्वितीय श्रेणीमा उत्तीर्ण भएका छन् । फ्युचर ब्राइटर उच्च माविबाट परीक्षा दिएका ३५ जना परीक्षार्थी मध्ये ७ जना विशिष्ठ श्रेणीमा र २८ जना प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् । अमर आदर्श आवासीय माविबाट परीक्षा दिएका २५ जना मध्ये ७ जना विशिष्ठ श्रेणीमा र १८ जना प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् । हिमालय आवासीय माविबाट ७ जना र न्यूलाइफ बोर्डिङ स्कुल गलकोटबाट ४ जना विद्यार्थी विशिष्ठ श्रेणीमा उत्तीर्ण भएका छन् । चिल्डून लाइफ बोर्डिङ स्कुलबाट परीक्षा दिएका मध्ये ६ जना विशिष्ठ श्रेणीमा र १० जना प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् । न्यू ओयसिस एकेडेमीबाट परीक्षा दिएका ३३ जना मध्ये ५ जना विशिष्ठ श्रॆणीमा २७ जना प्रथम श्रेणीमा र १ जना द्वितिय श्रेणीमा उत्तीर्ण भएका छन् ।
आदर्श विद्यामन्दिर उच्च माविबाट परीक्षा दिएका २७ मध्ये ३ जना विशिष्ठ श्रेणी र २३ जना प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् । न्यू एभरेष्ट बोर्डिङ स्कुलबाट २६ जना विद्यार्थी मध्ये ४ जना विशिष्ठ र २२ जना प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् । सनराइज बोर्डिङ स्कुलका १५ जना परीक्षार्थी मध्ये ४ जना विशिष्ठ श्रॆणीमा र ११ जना प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् । प्रेमिसंहदेवी आवासीय माविसरस्वती होम्स बाट परिक्षा दिएका १३ मध्ये ४ जना विशिष्ठ श्रेणीमा र ९ जना प्रथम डिभिजनमा उत्तिर्ण भएका छन् ।
यस्तै युएस एकेडेमीबाट परीक्षा दिएका १३ मध्ये ३ जना विशिष्ठ श्रेणी र १० जना प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् । होलीचाइल्ड बोर्डिङ स्कुलबाट परीक्षा दिएका २१ मध्ये १ जना विशिष्ठ १७ जना प्रथम र २ जना द्वितिय श्रेणीमा उत्तीर्ण भएको विद्यालयले जनाएको छ । न्यू लाइफबोर्डिङ स्कुल हटिया गलकोटमा ४ जना हिमालयन बोर्डिङ स्कुल कुश्मीसेरामा ७ जना विशिष्ट श्रेणीमा उत्तीर्ण भएका छन् ।
म्याग्दीबाट एसएलसी परीक्षामा ८० प्रतिशत बिद्यार्थी उत्तीर्ण
म्याग्दी असार ७ । राष्ट्रिय स्तरमा ५५ दशमलब ५ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएको भएपनि यस पटकको एसएलसी परिक्षामा म्याग्दी जिल्लाबाट डिस्टीङ्गसन सहित करीब ८० प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका छन् । यस पटकको एसएलसी परिक्षामा १ हजार ८ सय ६ जना विद्यार्थीहरु नियमीत तर्फ सहभागी भएका थिए । सहभागी मध्ये १ हजार ४ सय ३६ जना विद्यार्थीहरु सफल भएका छन् ।
फलामे ढोकाको रुपमा लिईने प्रवेशीका परिक्षा एसएलसीमा ४१ जना विशिष्ट श्रेष्णीमा उत्तीर्ण भएका छन् । त्यस्तै ४ सय ४५ जना पहिलो श्रेणी ९ सय २१ जना दोस्रो श्रेणी र २९ जना विद्यार्थीहरु तेस्रो श्रेणीमा उत्तीर्ण भएका छन् ।
खुल्ला विद्यालय बाट सहभागी २८ मध्ये १ जना पहिलो ११ जान दोस्रो र १ जना तेस्रो गरि कुल १४ जना उत्तीर्ण भएका छन् । त्यस्तै प्राइभेड तर्फका २३ मध्ये १० जना दोस्रो र १ जना तेस्रो श्रेणीमा उत्तिर्ण भएका छन् ।
जिल्लाबाट परिक्षामा सहभागी मध्ये समग्रमा ४० प्रतिशत भन्दा बढी विद्यार्थीहरु उत्तीर्ण भएपनि अमरमावि पाखापानीका १७ प्रतिशत बिद्यार्थी मात्र उत्तीर्ण भएका छन् । सामुदायिक तथा निजि गरी १३ विद्यालयका शतःप्रतिशत विद्यार्थीहरु उत्तिर्ण भएको जिल्ला शिक्षा कार्यालय म्याग्दीका जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले बताए ।
यस वर्षको एसएलसीमा माउण्ट एभरेष्टका निरज सुवेदीले ६ सय ८४ अंक ल्याई जिल्ला प्रथम भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । त्यस्तै सामुदायिक विद्यालयका तर्फबाट जामुनाखर्क उच्च मविका २ जना विद्यार्थीहरु विशिष्ट श्रेणीमा उत्तिर्ण भएका छन् ।
एसएलसीमा पर्वतबाट ६१ प्रतिशत विद्यार्थी उत्तीर्ण
पर्वत असार ७ । एसएलसी परिक्षामा यस वर्ष पर्वतवाट ६० दशमलव ८५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । गत ०६७ साल चैत १० गतेदेखि १८ गतेसम्म संचालित प्रवेशिका परिक्षामा सहभागी ८२ विद्यालयका ३ हजार २ सय ७० नियमित विद्यार्थी मध्ये १ हजार ९ सय ९० जना उत्तिर्ण भएका छन् । जस मध्ये विशिष्ट श्रेणीमा ४६ जना प्रथम श्रेणीमा ५ सय १७ जना द्धितिय श्रेणीमा १ हजार तीन सय ८२ जना र तृतिय श्रेणीमा ४५ जना उत्तिर्ण भएका छन् ।
विशिष्ट श्रेणीमा सामुदायिक विद्यालय अन्तर्गत हिमालय उच्च मावि खुर्कोटवाट एक जना विद्यार्थी उत्तिर्ण भएका छन् भने संस्थागत विद्यालयमध्ये आदर्श आवासीय मावि कुश्मावाट २४ जना नमुना आवासीय माविवाट १६ जना कालीगण्डकी एकेडेमीवाट ३ जना राष्ट्रिय बाल शिक्षा सदनवाट १ जना र शहिद स्मारक आवासीय माविवाट १ जना विशिष्ट श्रेणीमा उत्तिर्ण भएका छन् ।
नियमित र एक्ज्याम्टेड तर्फ गरी तीन हजार ८ सय ५३ जना विद्यार्थी सहभागि भएकोमा जिल्ला शिक्षा कार्यालयले एक्ज्याम्टेड तर्फको उक्तिर्ण तथ्यांक आइनसकेको जनाएको छ ।
गत वर्षको तुलनामा यस वर्ष उत्तिर्ण प्रतिशत ७ प्रतिशतले कमी रहेको छ । गत वर्ष कुल ३ हजार ३ सय ४३ विद्यार्थी मध्ये २ हजार २ सय ४६ जना अथवा ६७ दशमलव १८ प्रतिशत उत्तिर्ण भएका थिए ।
यस वर्ष जिल्लाका ५५ गाविसवाट नियमीततर्फ तीन हजार २ सय ७३ र एक्ज्याम्टेडवाट ५ सय ८० जना सहभागि भएका थिए । जसम्ाध्ये छात्रा २ हजार ८४ जना र छात्रतर्फ १ हजार ७ सय ६८ जना सहभागि थिए ।
बिगत वर्ष भन्दा यस वर्षको परिक्षा मर्यादित बनेकाले उत्तिर्ण संख्या घटेको जिल्ला शिक्षा अधिकारी नारायणप्रसाद भट्टले जानाकारी दिए ।