ऊर्जा बचतका निम्ति छोटा लुगा लगाउन आग्रह !

15/06/2011 02:08

 

जापानमा ऊर्जा बचतका निम्ति छोटा लुगा लगाउन सरकारले आग्रह गरेको छ । गर्मी महिनामा सुटको सट्टा छोटा लुगा लगाएर एयर कन्डिसन कम प्रयोग गर्न सरकारले आग्रह गरेको हो । 

सरकारले ल्याएको सुपर कुल बिज अभियानले कर्मचारीलाई अफिस सुहाउँदो, तर गर्मी सहन सक्ने लुगा लगाउन प्रोत्साहित गर्छ । सर्ट तथा स्यान्डलसहित विशेष परिस्थितिमा जिन्स लगाएरसमेत अफिस जान मिल्ने भएको छ । 

जापानमा गएको भूकम्प र त्यसपछि आएको सुनामीमा पूर्णरूपमा फुकिसिमा आणविक केन्द्र क्षतिग्रस्त बनेपछि जापानमा थप ऊर्जा समस्या देखिने भएको छ ।

सरकारले गर्मीको समयमा कार्यालय पहिरनको अवधारणा २००५ मा ल्याएको हो । तत्कालीन वातावरणमन्त्री युरिको कोयकेले गर्मीको लुगाको अवधारणा ल्याएका हुन् । 'सुपर कुल बिज सुरुवात गर्दा मानिसले यस्तो लुगा लगाएर कार्यालय जानु अशोभनीय हुने र आकर्षक नदेखिने बताएका थिए,' कोयकेले सरकारको अभियानलाई सघाउन गरिएको फेसन सोमा भने । तर, अभियान सुरु भएको ६ वर्ष पुगिसकेको र धेरै मानिस यस अवधारणासँग अव्यस्त भएको उनी बताउँछन् ।

मन्त्रालय तथ्यांकका अनुसार पनि थुप्रै कम्पनीले यो अवधारणा लागू गरेको देखाएको छ । वातावरण मन्त्रालयको पोसाक कोडअनुसार कार्यालय जाँदा खाकी, सेतो ट्राउजर, लुज पोलिस्टरका लुगा पनि लगाउन सकिन्छ । जापानमा अहिले ऊर्जा समस्या देखिएकाले सरकारले विद्युत् उपयोगमा १५ प्रतिशत घटाउन वर्तमान वातावरणमन्त्री रियु मास्युमोतोले आग्रह गरेका छन् । यो जीवनशैली गर्मी थेग्न मात्र नभए जापानी जीवनशैली परिवर्तन गर्न भएको पनि उनले बताए । 

गत महिना मात्र जापानका कार निर्माता कम्पनी पिक समयमा ऊर्जा जोगाउन बिदाको दिन शनिबार र आइतबार काम गर्ने र बिहीबार र शुक्रबार बिदा बस्न सहमत भएका छन् । 

जापानी अटोमोबाइल निर्माण एसोसिएसनले परिवर्तित तरिका ऊर्जा उपयोगलाई सीमित गर्न र उत्पादन सुचारु गर्न अवलम्बन गरिएको बताएका छन् ।

तपाईंको प्रतिकृया..!!

Date: 06/11/2011

By: Prakash Parajuli

Subject: Ramailo kura

Thula deshko thula samasya ko sano helping hand. Nice one.
regards;
[url]https://www.freenepalisongs.com[/url]

Date: 06/11/2011

By: Prakash Parajuli

Subject: Ramailo kura

Thula deshko thula samasya ko sano helping hand. Nice one.
regards;
<a href="https://www.freenepalisongs.com">www.freenepalisongs.com</a>

New comment