इजिप्टका ७ सय उच्च प्रहरी अधिकृतलाई बर्खास्त गरिने÷ जनविद्रोहमा दमन गरेको आरोप

14/07/2011 10:43

३० असार, कायरो । इजिप्टमा गत फेब्रुअरीको जनविद्रोहका क्रममा प्रदर्शकारीमाथि ब्यापक दमन गरेको आरोपमा करिब ७ सय उच्च प्रहरी अधिकृतलाई सेवाबाट बर्खास्त गरिने भएको छ । इजिप्टका आन्तरिक मन्त्री मनसुर इसावीले ५ सय ५ जना विशिष्ट र १ सय ६४ जना अधिकृत स्तरका प्रहरीलाई अगष्ट १ बाट हटाइने जानकारी दिनु भयो ।

राजधानी कायरोको ताहरिर चोकमा जनविद्रोहमा संलग्नहरु र तत्कालीन राष्ट्रपति होस्नी मुबारकको शासनकालका भ्रष्ट अधिकारीहरुलाई कारवाही गर्नु पर्ने भन्दै लगातार प्रदर्शन भएपछि अन्तरिम सैनिक परिषदले यस्तो निर्णय लिएको हो ।

परिषदले डिसेम्बरमा तय भएको निर्वाचन पनि पछि सार्ने जनाएको छ । इजिप्टमा गत फेब्रुअरीको १८ दिने जनविद्रोहमा ८ सय भन्दा बढी व्यक्तिको मृत्यु भएपछि होस्नी मुबारक सत्ताबाट हट्न बाध्य हुनु भएको थियो ।

तपाईंको प्रतिकृया..!!

No comments found.

New comment