अपराधीलाई संरक्षणगर्ने राजनीतिक दलको नीतिले पेशागत सुरक्षा धरापमा
भाषा शर्मा बागलुङ असार ३ । राजनीतिक दलको आवरणमा अपराधीलाई राजनीतिक दलहरुले संरक्षण गर्ने परिपाटीका कारण नेपालका पत्रकारहरुको पेशागत सुरक्षा धरापमा परेको बागलुङका सम्पादकहरुले बताएका छन् । विराटनगरका पत्रकार खिलानाथ ढकालमाथि भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघले शुरु गरेको चरणबद्ध आन्दोलन स्वरुप नेपाल पत्रकार महासंघ बागलुङमा हिजो बिहीबार सम्पन्न बागलुङका सम्पादकहरु अन्तरकि्रया कार्यक्रममा बोल्ने सम्पादकहरुले यस्तो बताएका हुन् ।
उनीहरुले समाचार लेखेकै भरमा पत्रकारहरु कुटिदा पनि अपराधीलाई कारवाही गर्नुको साटो राजनीतिक संरक्षण हुने गरेकोमा दुःख व्यक्त गरेका थिए । कुनैपनि पत्रकार कुटिदा सत्यतथ्य पत्ता लगाएर अपराधीलाई कारवाही गरिनु पर् थ्यो तर नेपालका राजनीतिक दलहरुनै राजनीतिक संरक्षणमा जुट्ने भएकाले समस्या सिर्जना भएको बताएका थिए ।
सम्पादकहरुले पत्रकार कुटपिटको विरोधमा आज शुक्रबार बागलुङमा साचालित स्थानीय छापा साचार माध्यमहरुले आफ्नो सम्पादकीय पृष्ठमा कालो पोत्ने र बिद्युतीय सचार माध्यमहरुले समाचार बाचन अगाडि कुटपिटको विरोधमा आन्दोलनप्रति एक्यवद्धता जनाउने निर्णय समेत गरेका छन् ।
अन्तरकि्रया कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बागलुङ शाखाका पुर्व अध्यक्ष एवं ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतमले राजनीतिको आवरणमा अपराधीहरुको संरक्षण गर्ने परिपाटी कारण पत्रकारहरुको पेशागत सुरक्षा धरापमा परेको बताए । पत्रकारमाथि भएको कुटपिटका विषयमा राजनीतिक दलहरुले राजनीतिक रंग दिएर अन्यत्र मोड्न खोजेको भन्दै अब पत्रकारहरुले सशक्त आन्दोलन थाल्नुपर्ने उनको भनाई थियो ।
पत्रकार महासंघ बागलुङका उपाध्यक्ष मुकेशचन्द्र राजभण्डारीले समाचार लेखेकै आधारमा पत्रकार माथी आक्रमण हुनु र राज्य मौन बस्नु निन्दनिय भएको बताउदै घटना सम्लग्नहरुलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरे ।
कार्यक्रममा धौलागिरि जागरण राष्ट्रिय दैनिकका सह-सम्पादक गणेश पौडलले सशस्त्रद्वन्द्व तथा शाही कालिन समयमा भन्दा गणतन्त्र स्थापना भएपछि लोकतान्त्रिक राजनीतिक दलहरुका कार्यकर्ताहरुबाट पत्रकारहरु कुटिनु परेकोमा दुःख व्यक्त गर्दै नेपालका राजनीतिक दलहरुले आफूलाई चाहिदा पत्रकारहरुको गुनगान गाउँने तर आफू अनुकुल नहुँदा कुटपिटदेखि हत्या गर्नेसम्मका गतिविधि भएकाले अब पत्रकारहरु एकजुट भएर राजनीतिक दलहरुलाई सवक सिकाउनुपर्नेमा जोड दिए ।
त्यस्तै धौलागिरि एफएमका सह-सम्पादक दिल शिरिषले पत्रकारमाथि भएको कुटपिटको विरुद्धमा सम्पूर्ण साचारकर्मीहरु एक भएर अगाडि बढ्नुपर्ने बताउँदै जिल्लामा पत्रकारमाथि हुनसक्ने त्यस प्रकारका गतिविधि हुन नदिनका लागि प्रशासनले ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा धौलागिरि स्टारका सह-सम्पादक पिम्ला गौतम धौलागिरि गर्जन साप्ताहिकका प्रतिनिधि दिल निसानी लगायतले पत्रकार माथी आक्रमण गर्नेलाई कारबाही नगरिए आगामी दिनमा दण्डहिनताले अझै प्रश्रय पाउने बताए ।
नेपाल पत्रकार माहासंघ बागलुङ शाखाका उपाध्यक्ष राजभण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन सहसचिव रामकृष्ण बोहरा र स्वागत कोषाध्यक्ष कोपिला कँडेलले गरेकाी थिईन् ।
यसैबीच खेलकुद पत्रकार माच बागलुङले बिराटनगरका पत्रकार खिलनाथ ढकाल माथी आक्रमण गर्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकार सँग माग गरेको छ । मचका अध्यक्ष राजु खड्काको अध्यक्षतामा आज बसेको बैठकले महासंघको आन्दोलनमा ऐक्यवद्धता जनाउदै आक्रमण संम्लग्न रहेको भनिएका पर्शु बस्नेतलाई तत्काल कानुनी दायरामा ल्याई कारबाही गर्न माग गरेको हो ।
बैठकले यही असार १८ गते बिश्व खेलकुद पत्रकार दिवसको अवसरमा खेलकुद पत्रकार माच राजनितिक दल र कर्मचारी बीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको सचिव दिल शिरीषले बताउनुभयो । यसैगरी बागलुङको खेलकुदको अवस्था अव्यवस्थित भौतिक पुर्वाधार र खेलाडीहरुको समस्याको बिषयमा ध्यानाकर्षण गराउन एक ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी मार्फत राष्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालयमा पठाउने निर्णय गरेको शर्माले बताउनु बताए ।
Tags:
तपाईंको प्रतिकृया..!!
No comments found.