संयुक्त राष्ट्र सङ्घको महासचिवमा पुन मुन
राजेन्द्र गौतम
८ असार । संयुक्त राष्ट्र संघको महासचिव वान कि मुन दोस्रो कार्यकालका लागि पनि निर्वाचित हुनु भएको छ । संयुक्त राष्ट्र महासभामा भएको निर्वाचनमा अर्को कुनै उमेदवार खडा नभएपछि मुन निर्विरोध निर्वाचित हुनु भएको हो ।
गत शुक्रबार नै बसेको संयुक्त राष्ट्र संघ सुरक्षा परिषद् बैठकले निर्वाचन हुनुभन्दा पहिले नै मुनको पाँच बर्षे दोस्रो कार्यकाल अनुमोदन गरिसकेको थियो । मुनको दोस्रो कार्यकाल स्न २०१६ सम्म रहने छ । यसअघि उहाँ सन् २००७ सालमा राष्ट्र संघको महासचिवमा निर्वाचित हुनुभएको थियो ।
ठूला तथा विकसित देशप्रति उदार भएकै कारण मुनको विजय सम्भव भएको विश्लेषकहरुले बताएका छन् । जलवायु परिवर्तन तथा मध्यपूर्वमा जारी विरोध प्रदर्शनका विषयमा मुनले अख्तियार गरेको नीतिको सर्वत्र प्रशंसा भएको छ ।
मुन निर्वाचित भएपछि राष्ट्रसंघ महासभा अध्यक्ष जेसेफ डे एसले उहाँलाई बधाई दिनु भएको छ । बधाई दिने क्रममा जेसेफले मुनले सधैँ मानवअधिकारको पक्षमा काम गरेको स्मरण गर्दै खुलेर प्रशंसा गर्नु भएको थियो ।
Tags:
तपाईंको प्रतिकृया..!!
No comments found.