विश्वकप आयोजक राष्ट्रको घोषणा

10/06/2011 20:17

जुरिच - रुसले सन् २०१८ र कतारले २०२२ को विश्वकप फुटबल आयोजना गर्ने भएका छन् । जुरिचमा भएको मतदानपछि विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष सेप ब्लाटरले आयोजक राष्ट्रको घोषणा गरेका थिए । रुस र कतार दुवैले पहिलो पटक विश्वकप आयोजना गर्न लागेका हुन् ।

रुस र कतारले आयोजना अधिकार पाएपछि विश्व फुटबलको सबैभन्दा ठूलो मेला पहिलो पटक पूर्वी युरोप र अरब राष्ट्रमा हुनेछ । फिफाले पहिलो पटक एकसाथ दुई फरक विश्वकप आयोजक राष्ट्रको घोषणा गरेको हो । २०१४ को विश्वकप ब्राजिलले गर्दैछ कतारले आयोजनाको अधिकार पाउनेक्रममा अस्ट्रेलिया, जापान, दक्षिण कोरिया र अमेरिकालाई पराजित गरेको थियो । २०२२ को आयोजनाका लागि भएको मतदान चार चरणसम्म चलेको थियो ।

१ मतमात्र पाएको अस्ट्रेलिया पहिलो चरणमै बाहिरिएको थियो । कतारले पहिलो चरणमा ११, दक्षिण कोरिया ४, जापान र अमेरिकाले ३/३ मत पाएका थिए । दोस्रो चरणमा जापान र तेस्रोमा दक्षिण कोरिया बाहिरिए । दोस्रोमा कतारले १० र अमेरिकाले ५ तथा तेस्रोमा कतारले ११ र अमेरिकाले ६ मत पाएका थिए ।

सोर्स: अनलाइन पत्रिका

तपाईंको प्रतिकृया..!!

No comments found.

New comment