रोपाईको समय शुरु नहुदै वर्षा शुरु भएपछि कृषकहरु रोपाईंको चटारोमा

16/06/2011 10:22

भाषा शर्मा, बागलुङ असार २ । अघिल्लॊ वर्ष लामो समयसम्म खडेरी परेका कारण समयमा रोपाई गर्न नपाएका बागलुङका कृषकहरु यस पटक भने समयमै रोपाई गरेर सक्ने भएका छन् । रोपाईको समय शुरु नहुदै वर्षा शुरु भएपछि कृषकहरुले खेतमा लगाएको मकै मासेरै भएपनि रोपाई गर्न थालेका हुन् ।

असारको दोस्रो साता पछाडी मात्र धान रोपिने खेतमा अहिले जेठ दोस्रो साताबाटै पानी पर्न थालेपछि मकै मासेर धान रोप्न शुरु गरेको कृषकहरुले बताएका छन् । ‘अघिल्लो वर्ष लामो समय खडेरी पर् यो त्यसैले धान रोप्न पाएनौ अहिले समयमै पानी परेको छ त्यसैले छिट्टै खेत रोप्यो पछाडी खडेरी पर्न पनि सक्छ ।’ कृषक सुरेन्द्र छन्त्यालले भने ।

उनले आकाशे पानीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता रहेकाले मकै मासेरै भएपनि खेत रोप्न थालेको बताए । बागलुङको पश्चिमी क्षेत्रमा खेत रोप्ने कार्य जारी रहेपनि बागलुङ सदरमुकाम आसपासा क्षेत्रमा भने भरखर धानको ब्याड राख्न थालिएको छ ।

जिल्ला कृषि विकास कार्यालय बागलुङका अनुसार जिल्लाको कुल ५ हजार ७ सय ९२ हेक्टर धान रोपिने क्षेत्र मध्य ३ हजार ३ सय ४४ हेक्टर क्षेत्रफलमा आकाशे पानीको भरमा धान रोपिन्छ । धेरैजसो जग्गामा आकाशे पानीको भरमा खेती गर्नुपर्ने भएका कारण पानी पर्दासाथ किसानहरु खेत रोप्नमा ब्यस्त हुने गरेको जिल्ला कृषि विकास कार्यालय बागलुङले जनाएको छ । जिल्ला कृषि विकास कार्यालय बागलुङका योजना अधिकृत तप्तबहादुर गुरुङका अनुसार जिल्लामा जम्मा २ हजार ४ सय ४८ हेक्टर जग्गामा िसंचाईको सुविधा भएपनि अरु जग्गामा आकाशे पानीकै भरमा खेती गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । गत वर्ष जिल्लामा १७ हजार ७ सय ५ मेटि्रक टन धान उत्पादन भएकोमा यस पटक समयमै पानी परेकाले उत्पादनमा बृद्धि हुन सक्ने उहाँको भनाई छ ।

तपाईंको प्रतिकृया..!!

No comments found.

New comment