मलेसियामा नयां निति, कामदार लिन नआए स्वदेश फर्काउने

10/06/2011 20:25

काठमाडौं । अन्र्तराष्ट्रिय विमानस्थलमा ७२ घण्टासम्म लिन नआउने कामदारलाई सिधै स्वदेश फिर्ता गर्ने नयाँ नीति मलेसियाले सार्वजनिक गरेको छ । विमानस्थलका कामदार लिन नगएर अलपत्र पार्ने र नेपाललगायत विभिन्न मुलुकबाट अबैध रुपमा कामदार पठाउने कार्यलाई रोक्न मलेसियाले सोमबार देखि यो नीति सार्वजनिक गरेको हो ।

मलेसियाले यसअघि एक साताभित्र कोही लिन नआए स्वदेश फिर्ता गर्दै आएको थियो । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव कुमुद खनालले मलेसियाले नयाँ नीति लिएको जानकारी दिए । मलेसियाको यो नीतिले अबैध रुपमा कामदार पठाउने एजेन्टहरुको काम बन्द हुनेछ । अर्कोतिर व्यवसायिक रुपमा काम गर्नेलाई भने फाइदा पुग्ने महासचिव खनालले बताउनुभयो ।

सोर्स: अनलाइन पत्रिका

तपाईंको प्रतिकृया..!!

No comments found.

New comment