बागलुङ अमलाचौरमा नामावली संकलन कार्यामा त्रुटी

14/06/2011 11:19

बागलुङ जेठ ३१ । बागलुङ जिल्लाको अमलाचौर गाविसमा शुरु भएको फोटो सहितको मतदाता नामावली संकलन कार्यमा त्रुटी भेटिएको छ । मतदाता नामावली संकलनका लागि घरघरमा गई विवरण संकलन गर्नुपर्ने भएपनि संकलकहरु घरमा नपुगी नामावली संकलन गरेको भेटिएको हो ।

अमलाचौर गाविसको पृथ्वी उच्च माध्यामिक बिद्यालयमा केन्द्र बनाई शुरु गरिएको नामावली संकलनका लागि विवरणको आधारमा फोटो खिच्नु पर्नेमा संकलकहरुले केन्द्रमा नै बोलाएर संकलन गर्न थालेपछि स्थानीयवासीलाई समस्या भएको सहकर्मी अजुृ्रन लामिछानेले बताए ।

संकलकहरुको व्यवस्थापन पक्षले केन्द्रमा नै बोलाएर संकलन गर्न निर्देशन दिएकाले घरघरमा नगएको संकलकहरुले स्वीकारेका छन् । यस विषयमा जिल्ला निर्वाचन अधिकृत टोलराज उपाध्यायले घरघरमा गई विवरण लिएर संकलन गर्नका लागि व्यवस्थापन पक्षलाई निर्देशन दिएको बताए । उनले उक्त केन्द्रका व्यवस्थापक ईश्वरीप्रसाद ढकालसँग सम्पर्क गरेर जानकारी लिई निर्देशन दिएको बताए ।

सोर्स: धौलाश्री समाचार डेस्क

तपाईंको प्रतिकृया..!!

No comments found.

New comment