बस्नेतले राज्यलाई दिएको खुल्ला चुनौती प्रेस स्वतन्त्रताको निम्ती घातक
कोपिला कडेल, बागलुङ असार २ । बागलुङमा कि्रयाशील बिभिन्न संचार माध्यमका सम्पादक प्रकाशकहरुले पत्रकार खिलनाथ ढकाल माथी साघांतिक आक्रमण गर्ने अपराधीलाई कानुनी कठघरामा ल्याई कानुन बमोजिम कारबाही नगरे सम्म कडा आन्दोलन गर्ने चेतावनी दिएका छन ।
पत्रकार आक्रमण बिरुद्ध पत्रकार महासघंको केन्द्रिय कार्यक्रम अनुसार पत्रकार महासघं बागलुङ शाखाले बिभिन्न संचार माध्यम संग बिहिबार गरेको अन्तरकि्रया कार्यक्रममा बोल्ने सम्पादक प्रकाशकहरुले सरकारको नेतृत्व गरेको राजनितिक दलको संगठनका जिम्मेवार ब्यक्तीबाट पत्रकार माथी आक्रमण हुनु अत्यन्त निन्दनीय भएको बताए ।
पत्रकार ढकाल लगायतका पत्रकार माथी पछिल्लो समयमा बढ्दै गएको श्रृङखलाबद्ध आक्रमणबाट लोकतन्त्रको उपहास भएको भन्दै सम्पादकहरुले- ढकाल आक्रमणका मुख्य योजनाकार पर्शु्््राम बस्नेतलाई पक्राउ गरि कारबाहीको दायरामा ल्याउन माग गरे ।
युवासघंका अध्यक्ष महेश बस्नेतले पत्रकार तथा राज्यलाई दिएको खुल्ला चुनौती प्रेस स्वतन्त्रताको निम्ती घातक छ घटनामा संलग्न ब्याक्तीहरु लाई कडा कारबाही हुदैन भने हामी अझ शसक्त आन्दोलन गर्न बाध्य हुनेछौ उनिहरुले भने ।
कार्यक्रमा ढोरपाटन राष्ट्रिय दैनिकका सम्पादक हरिनारायण गौतम धौलागिरी जागरण दैनिकका सहसम्पादक गणेश पौडेल धौलागिरी एफएमका सह सम्पादक दिल श्रीस धौलागिरी गर्जन साप्ताहिकका प्रतिनिधि दिल निसानी धौलागिरी साप्ताहिकका सहसम्पादक पिम्ला गौतम लगायतले महासघंको आन्दोलन प्रति एक्यबद्धता जनाएका थिए ।
कार्यक्रम महासघंका उपाध्यक्ष मुकेशचन्द्र राजभण्डारीको अध्यक्षता कोषाध्यक्ष कोपिला कडेलको स्वागत मन्तब्य र सहसचिब रामकृष्ण बोहोराको संचालनमा सम्पन्न भएको थियो ।
यसैगरी जिल्लामा कि्रयाशील सबै संचारमाध्यमले शुक्रबार पत्रकार महासघंले संचालन गरेको आन्दोलन प्रति एक्यबद्धता जनाउदै छापा माध्यमले आआफ्नो संचारमाध्यमको सम्पादकीय पृष्टमा कालो पोतेर र बिद्युतीय संचारमाध्यमले समाचार प्रसारण हुनुपूुर्ब एक्यबद्धता स्वरुप बिरोध जनाउने निर्णय गरेका छन ।
Tags:
तपाईंको प्रतिकृया..!!
No comments found.