बर्षाले बागलुङ-बुर्तिवाङ सडकको दुर्दशा:यात्रुहरु जोखिमपूर्ण यात्रागर्न बाध्य
बागलुङ असार १ । केहि समय देखी परिरहेको वर्षाका कारण बागलुङ बुर्तिबाङ सडकको धेरै भाग बिग्रिएको छ । वर्षायामको सुरुवात संगै सडकको बिभिन्न भागहरुमा गएको पहिरोले सडक भत्किने र सडकका नालीहरु पुरिने गर्दा सडकको अवस्था जोखिम बन्दै गएको छ ।
वर्षातको झरीले सडक बिगार्न मद्दत त पुगेकै थियो अर्कोतिर सडक आसपासका बासिन्दाहरु वीच सडकबाट जीपमा यात्रा गर्न नपाएपछि आक्रोशित बनेर सडकमा पानीको भेल लगाई दिने गर्दापनि सडकमा क्षेति पुगेको छ । बुर्तिबाङ र हटियाबाट यात्रु पुरा हुने भएकाले बिच सडकको आसपासका यात्रुलाई जिपमा यात्रा गर्ने अवसरबाट बन्चित गराइनुको कारण स्थानीयबासीले सडकमा पानी लाइदिने गरेको बताउछन् बिहुं घोडाबधेका देवबहादुर थापा ।
केहि समय अघि देखी दिनदिनै परेका पानीका कारण सडकबाट पानी बग्नु स्वभाविक भएपनि सडक बिस्तार गर्ने क्रममा कुलो बिग्रिएकाले धान रोपाइ गर्नका लागि सडककै बिचबाट पानी लैजाने गर्दा मुख्य सडक अझ जोखिमयुक्त बनेको थापाले बताए ।
बागलुङ बुर्तिबाङ सडक खण्डको मर्मत तथा बिस्तारको जिम्मा मध्य पहाडी लोकमार्गले लिएपछि उक्त सडक खण्डमा काम गरिरहेको डि्रलिपले यस बर्ष देखी काम गर्न छोडेको थियो । अहिले मध्य पहाडी लोकमार्गको ठेकेदारले जिम्मा लिएपनि सदरमुकाम देखी घोडाबुधे सम्म कुनै काम नगरेको स्थानीयबासीले जनाएका छन् ।
यसैबिच जिल्ला विकास समिति बागलुङले अहिले बर्षायामको शुरुवात देखीनै पानी बढी परेकाले सडकबाट भल पानी बग्न नदिन आवश्यक तयारी भइरहेको जनाएको छ ।
सोर्स: धौलाश्री समाचार डेस्क
Tags:
तपाईंको प्रतिकृया..!!
No comments found.