ज्ञान दर्शन भवन हटियामा गृह प्रवेश

14/06/2011 11:17

 

बागलुङ जेठ ३१ । बागलुङको हटियामा स्थापना गरिएको ज्ञान दर्शन भवनमा सोमबार गृह प्रवेश कार्यक्रम सम्पन्न भएको छ । ब्रह्माकुमारी इश्वरीय विश्वविद्यालय राजयोग प्रशिक्षण उपशाखा गल्कोटको आयोजनामा भएको कार्यक्रममा ब्रह्माकुमारी इश्वरीय विश्वविद्यालयका पश्चिम क्षेत्र निर्देशक प्रणिताले ज्ञान दर्शनले मानिसलाई सत्य र निष्ठाबान बनाउने बताउनुभयो । उहाले रोग र शोकबाट छुटकरा पाउनका लागि योग गर्न आवश्यक रहेको भन्दै त्यसका लागि राजयोग आवश्यक रहेको बताईन् ।

कार्यक्रममा पश्चिम क्षेत्र महासचिव शैलेशराज बराल जिवराज जोशी रामबहादुर आचार्य बलराम कर्माचार्य म्याग्दी शाखाका प्रमुख रिना पर्वत शाखाका प्रमुख राधिका लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

करिब २० लाखको लागतमा निर्माण गरिएको उक्त भवनका लागि आवश्यक ५ आना जग्गा स्थानीय समाजसेवी नरबहादुर साहनीले निःशुल्क प्रदान गरेका थिए ।
कार्यक्रम धौलागिरि अन्चल प्रमुख ब्रह्माकुमारी सावित्रीको अध्यक्षतामा भवन निर्माण समितिका अध्यक्ष नरबहादुर साहनीको स्वागत र जानकीको सन्चालनमा सम्पन्न भएको थियो ।

सोर्स: धौलाश्री समाचार डेस्क

तपाईंको प्रतिकृया..!!

No comments found.

New comment