जनगणनामा करिब ४ सय गणक परिचालित

17/06/2011 18:15

बागलुङ असार ३ । राष्ट्रिय जनगणना कार्यक्रमको लागि जिल्लामा करिब ४ सय जना गणक खटाइएको छ । जनगणनाको लागि बागलुङमा ३ सय ५० शिक्षक परिचालन गरिएको छ । दोस्रो चरणको जनगणना अभियान अन्तरगत आजदेखि गाउँगाउँमा गणना कार्य शुरु भएको जिल्ला जनगणना कार्यालय बागलुङले जानकारी दिएको छ ।

बागलुङ जिल्लामा जनगणनाका लागि ९० लाख रुपैयाँ छुट्टाईएको कार्यालयले जनाएको छ । राष्ट्रिय जनगणना अभियानमा कोही नछुटुन कोही नदोहोरिउन भन्ने नाराका साथ सदरमुकामदेखि गाउ स्तरसम्म सचेतना अभियान सुरु गरिएको जिल्ला जनगणना कार्यालयका प्रमुख रामबन्धु रेग्मीले बताए ।

व्यक्तिगत विवरण संकलन गर्न गाउँ गाउँमा जाने गणकहरुलाई सही तथ्याङ्क उपलब्ध गराउन सर्वसाधारणमा आग्रह गरिएको छ । पूर्व तयारीका लागि विभिन्न संघ संगठनहरुले सदरमुकामदेखि गाउ तहसम्म सचेतना कार्यक्रमहरु साचालन भइसकेको कार्यालयले जनाएको छ । बिशेष गरी दलित वर्गको तथ्याङ्क गलत आउने आशंकाले दलितसँग सम्बन्धित संघ सस्थाले गाउँसम्म सचेतना अभियान चलाईरहेका छन् । त्यसैगरी नेपाल मगर विद्यार्थी संघ बागलुङले जिल्लाको राङखानी बुर्तिबाङ लगायतका क्षेत्रमा पनि सचेतना अभियान सम्पन्न गरिसकेको छ ।
शुक्रबारदेखि शुरु भएको अभियानमा बागलुङ जिल्लामा मात्रै ३ सय ८० भन्दा बढी कर्मचारी खटाईएको जिल्ला जनगणना कार्यालय बागलुङका अधिकृत रामबन्धु रेग्मीले जानकारी दिए । जनगणनाका लागि सबैभन्दा बढी शिक्षकहरु परिचालन गरिएको छ ।

ूशिक्षकहरुलाई परिचालन गर्दा सही तथ्याङ्क आउने भएकाले परिचालन गरेको अधिकृत रेग्मीको भनाई छ । बाहिरबाट कर्मचारी खटाउदा भौगोलिक अवस्थाको बारेमा समेत जानकारी नहुने हुनाले सही तथ्याङ्क नआउने भएकाले शिक्षकहरुलाई परिचालन गरिएको उनले बताए । तर गणनाका क्रममा एक करोड भन्दा बढी खर्च हुन सक्ने उहाले बताउनुभयो । जनगणनाका लागि फिल्डमा जाने कर्मचारीहरुलाई तालिम समेत प्रदान गरिएको छ ।

सोर्स: धौलाश्री समाचार डेस्क

तपाईंको प्रतिकृया..!!

No comments found.

New comment