गाजामा होटल व्यवस्थापन तालिम

05/07/2011 21:52

बागलुङ असार २० । बागलुङको पर्यटकीय क्षेत्र दमेकको गाजा दहमा ५ दिने होटल व्यवस्थापन सम्बन्धी तालिम आइतवारदेखि शुरु भएको छ । गाजा दह संरक्षण तथा सामुदायिक किवास केन्द्र बागलुङको आयोजना र जिल्ला विकास समिति बागलुङको युवा स्वरोजगार कार्यक्रमको सहयोगमा शुरु गरिएको तालिममा १७ जनाको सहभागिता रहेको छ ।
गाजा दहमा घुम्नका लागि जाने पर्यटकहरुलाई गाँउमा नै गुणस्तरीय खाना खुवाउने उदेश्यले तालिमको सन्चालन गरेको केन्द्रका अध्यक्ष होमनाथ सापकोटाले जानकारी दिए ।
तालिमको उद्घाटन गर्दै एकीकृत नेकपा माओवादीका जिल्ला सेक्रेटरी टेकबहादुर केसी आजादले पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि तालिम सहयोग हुने बताए ।
सोही अवसरमा गाजा दहको आकर्षण बढाउने उदेश्यले तालको वरीपरी असारे फूल बैस ओखर नीर फूल लगायतका ३ सय विरुवा रोपिएको केन्द्रले जनाएको छ ।
कार्यक्रम गाजा दह संरक्षण तथा सामुदायिक विकास केन्द्रका अध्यक्ष होमनाथ सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईंको प्रतिकृया..!!

No comments found.

New comment