अष्ट्रेलियामा रहेका बागलुङवासीबाट गाउंमा शिक्षाको बिकासका लागी सहयोग

26/06/2011 22:29

बागलुङ असार १२ । विश्वका विभिन्न मुलुकहरुमा अध्ययन वा रोजगारीका सिलसिलामा गएका र ती मुलुकहरुमा बस्दै आएका नेपालीहरुले स्वदेशका लागि मनग्गे सहयोग गरेको उदाहरणहरु प्रसस्त छन् । त्यस्मा पनि धौलागिरी अन्चलका बागलुङ म्याग्दी र पर्वत जिल्लाहरुबाट बिदेश पुगेका नेपालीहरुले आआपना जिल्लाहरुमा शिक्षा र स्वास्थ्य क्षेत्रमा मात्र नभएर अन्य बिकास निर्माण कार्यका लागि लाखौं नगद समेत लाखौं मुल्यका भौतिक एवं शैक्षिक सामाग्री सहयोगस्वरुप प्रदान गरेका छन भने यो क्रम जारी छ ।

अमेरिका, अष्ट्रेलिया, बेलायत, बेल्जियम, जर्मन, पोर्तुगल, जापान, दक्षिण कोरिया, अरब मुलुक लगायत विश्वका अन्य मुलुकमा पुगेका धौलागिरी अन्चलवासीहरुले आआपना जिल्लाहरुका निम्ति उल्लेख्य सहयोग उपलव्ध गराएका छन् जस्बाट जिल्लाहरुमा खासगरी शिक्षा र स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय परिवर्तन आएको छ । जस्को पछिल्लो उदाहरण बनेको छ बागलुङ जिल्लाको लेखानी गाविस स्थित लेखानी उच्चमाध्यमिक बिद्यालय । यस लेखानी उमाविमा कम्प्युटर ल्याब स्थापना छात्रवृत्ति कोष र भवन निर्माणका लागि बागलुङको लेखानी घर भइ अष्ट्रेलियाको सिड्नीमा बस्ने युवाहरुले लाखौंका सामाग्री तथा नगद सहयोग प्रदान गरेका छन् ।

विद्यालयका पूर्व शिक्षक लालकुमार श्रेष्ठले २ लाख नगद तथा बागलुङ अष्ट्रेलियन समाज सिड्नीका उपाध्यक्ष गोपालकुमार श्रेष्ठ र सदस्य टीका कार्कीले १० वटा कम्प्युटर प्रदान गरेका छन् । उनीहरुले सो उमाविबमा एकलाख रुपैयाँको अक्षयकोष स्थापना गरेर जेहेन्दार विद्यार्थीहरुलाइ छात्रवृत्ति दिने व्यवस्था पनि गरेका छन् । समाजका उपाध्यक्ष श्रेष्ठ र सदस्य कार्कीले हालै विद्यालयलाई उक्त सहयोग एक कार्यक्रमकावीच हस्तान्तरण गरेका हुन् । सो अवसरमा श्रेष्ठ र कार्कीलाई सम्मान गरिएको थियो ।

‘गुणस्तरीय र सबैलाई शिक्षा दिने सरकारको लक्ष भेट्नका लागि सहयोग जुटाएरै भएपनि सुरक्षित भवन कम्प्युटर शिक्षाको काम थालेका हौं’ बिद्यालयका प्राचार्य बिष्णुदत्त सुवेदीले भने-’आफ्नो क्षेत्रमै नमूना विद्यालय बनाउन थालिएको अभियानलाइ विदेशमा बसेर पनि धेरैले सहयोग गरेपछि लक्ष भेट्न सहज भएको हो ।’

विद्यालयले सहयोग पाएपछि कक्षा ६ देखि माथिका सबै विद्यार्थीलाइ अनिवार्य कम्प्युटर कक्षा लिने व्यवस्था मिलाएको छ भने मानवीकी र शिक्षा संकायको दश जोड दुई संचालित विद्यालयका उमावि तर्फका विद्यार्थीलाई अन्य समयमा पनि कम्प्युटर सिक्ने अवसर दिइएको प्राचार्य सुवेदीले जानकारी दिए ।

त्यस्तै हेल्प नेपाल नेटवर्क र गाजा युवाक्लबको साँढे पाँचलाख रुपैयाको सहयोगमा विद्यालयमा कप्युटर ल्याव पनि स्थापना गरिएको थियो । थप १० वटा कम्प्युटर आइसकेकोले यसै शैक्षिक बर्षदेखि शुरु भएको कम्प्युटर शिक्षा अभियान सफल बनाउन सहज भएको प्राचार्य सुवेदीको भनाई थियो ।

स्थानीय जनताको जनश्रमदान तथा सहयोग समेत जुटाएर ७६ लाख २० हजारको लागतमा बिद्यालय भवन र थप ५ लाखमा कम्प्युटर ल्याब निर्माण गरेर थालिएको कम्प्युटर शिक्षा विस्तार गर्न सो रकमले सहयोग पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिभद्र शर्माले बताए ।

विद्यालयले कम्प्युटर शिक्षाको लागि थप शुल्क भने नलिने निर्णय गरेको छ । गुणस्तर सुधार्ने कि्रयाकलाप अन्र्तगत यो अभियान पनि चलाइएकोले शुल्क नलिने निर्णय गरिएको होु शर्माले भने-’प्राथमिक तहमा भवन शौचालय र अन्य शैक्षिक सामाग्री समेत अपांग मैत्री निर्माण गरेका छौं ।’

जिल्ला शिक्षा कार्यालयले जिल्ला भरी अपांग मैत्री विद्यालय बनाउन निर्देशन दिएको बताउदै जिल्ला शिक्षा अधिकारी हरी गौतमले सो विद्यालयलाइ नमूनाको रुपमा लिन आग्रह गरे ।
लेखानी उमाबिको यस अघिको भवन निर्माणका लागि शिक्षा विभागले ७ लाख ६५ हजार जिल्ला शिक्षाले ९ लाख रुम टु रिडले १३ लख ६७ हजार जिविस बागलुङको विकेन्द्रीत ग्रामीण पूर्वाधार तथा विकास कार्यक्रम डि्रलिपलॆ ३ लाख २५ हजार गाजा युवाक्लबलॆ ३ लाख ५३ हजार लेखानी गाविसले १ लाख ४० हजार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणीभद्र शर्माले १ लाख ५० हजार नगद सहयोग गरेका थिए । साथै भवन निर्माणका लागि अभिभावकले श्रमदान मार्फत ९ लाख ५० हजार सहयोग गरेका थिए ।

तपाईंको प्रतिकृया..!!

No comments found.

New comment